संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई अन्तरतह र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन पत्राचार गरेकाे छ ।

मुख्यसचिवको निर्देशन भन्दै संघीय मन्त्रालयले देशभरका स्थानीय तहमा पत्राचार गरेर अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउन भनिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्रसहित संघीय मामिला मन्त्रालयले स्थानीय तहमा पत्राचार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सन्तुष्टि दिलाउने गरी प्रभावकारी कार्यसम्पादन गर्न मार्गनिर्देशन गरेको र सोहीअनृुसार भदौ १६ गते मुख्यसचिवले निर्णय गरेको भन्दै प्रभावकारी रुपमा अन्तरसकारी समन्वय गर्न भन्दै दुईबुँदे निर्देशन प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ ।