जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा एमालेले सुनिता बोहोरालाई उम्मेदवार बनाउने भएको छ ।  उनी यसअघि उपप्रमुखमा पराजित उम्मेदवार हुन् । एमाले जाजरकोट जिल्ला कमिटी उपसचिवसमेत  रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । उपमेयर सिंहको  मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।

पालिका प्रेस
थप जानकारी