filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत १२ मंसिरमा आयोजित माविस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा रहेको नाटेश्वर मावि प्रथम भएको छ । नाटेश्वरकी कक्षा १२ की छात्रा आकृती केसी प्रतियोगितामा प्रथम भएकी हुन् ।

समय, समुह र पूर्णता शीर्षकमा भएको प्रतिगोगितामा थाहा नगरपालिका वडा नम्बर ३ स्कुल चोक स्थित पालुङ भ्याली हार्ट एकेडेमी कक्षा ८ की छात्रा सुमिना थापा द्वितीय र थाहा ६ स्थित सरस्वती विद्या मन्दिर इङलिस स्कुल कक्षा १० की छात्रा राशी श्रेष्ठ तृतीय हुनु भएको छ ।

पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता एवं थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० विद्यालयका १९ जना छात्रछात्राको सहभागिता थियो ।

प्रतियोगितामा प्रमुख अतिथि मल्ल, मुल कार्यक्रम संयोजक मान सिंह दोङ, प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, निर्णायक कुमार नेगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सप्ताहअन्तर्गत मंसिर १३ गते ऋषेश्वर प्रावि दामनका विद्यार्थीहरुलाई भरत(रत्न छात्रवृत्ति अन्तर्गत शैक्षिक सामग्री विरतणको कार्यक्रम छ ।

पालिका प्रेस
थप जानकारी