मकवानपुर उद्योग बाणिज्यसंघको आउँदो पुसमा हुने निर्वाचनमा अनिल अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । आउँदो पुस २४ गते देखि २७ गते सम्म हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

यो अधिवेशनमा दुइ वटा भन्दा बडी प्यानलमा चुनाब हुने आकलन गरिएको छ । अग्रवालले भने आफु अध्यक्ष पदमा उम्मेदवारी दिने जनपत्रसंगको कुराकानीमा बताए ।
बर्तमा बरिष्ठ उपाध्यक्ष समेत रहेका अग्रवालले उद्योग बाणिज्यसंघको चुनाबमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने जनपत्रसंगको कुराकानीमा बताए ।

मकवानपुर उद्योग बाणिज्यसंघका बिगत १७ वर्ष देखि विभिन्न पदमा रहेर काम गर्दै आएका अग्रवाल वरिष्ठ उपाध्यक्ष पछी अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । मकवानपुर जिल्लामा तीन पुस्ता देखि व्यावसाय गर्दै आएका अग्रवाल हेटौंडाका पुराना व्यावसायी हुन् ।

हेटौंडाको जेसिज, लाइन्स क्लब हुँदै अहिले रोटरी क्लबअफ मकवानपुरको अध्यक्ष समेत रहेका छन् । अग्रवालले चुनाबी मैदानमा उत्रदा प्यानलनै बनाएर अगाडी बड्ने बताएका छन् । अहिले भने महासचिबमा तेजराज अधिकारी, कोषाध्यक्षमा माधब ज्ञवाली, वस्तुगत सचिबमा नेत्र प्रसाद खतिवडा रहेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी