मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २३ सयभन्दा बढी पुगेको छ ।
जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ३ सय ५२ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १३५ जना महिला र १ हजार २ सय १७ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो ।
कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?
हेटौंडा उपमहानगरपालिकामा १ हजार ८६२ जना
थाहा नगरपालिकामा १३ जना
मकवानपुरगढी गाउँपालिकामा ५४ जना
बागमती गाउँपालिकामा ५ जना
कैलाश गाउँपालिकामा १० जना
मनहरी गाउँपालिकामा २४५ जना
भीमफेदी गाउँपालिकामा ४२ जना
बकैया गाउँपालिकामा २५ जना
राक्सिराङ गाउँपालिकामा ९ जना
हाल ठेगाना नखुलेका ४० जना
अन्य जिल्लाका ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।













































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्