उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् । १६ मंसिर मा भएको उपनिर्वाचनमा जसपा नेपालबाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् । २१ मंसिरमा पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ ।
सोपश्चात २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य जाहेरी मुद्दामा जाहेरी दरखास्त प्राप्त भएको जिप्रका सप्तरीले जनाएको छ ।
उच्च अदालत जनकपुरबाट २०८० साल चैत ४ गते परमादेश पश्चात् २०८१ साल साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भयो । गत साउन १५ गते अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो । सोही पक्राउ पुर्जीका आधारमा इप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिप्रका सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।














































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्