छिमेकी महिलालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले ७ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई ३ लाख रुपैयाँ जरिवाना गर्ने र पीडकबाट पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ ।

जिल्ला अदालत मकवानपुरको न्यायाधीश गीता श्रेष्ठको २० मंसिरको इजलाशले मकवानपुरगढी घर भएका ३२ वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।युवकले महिलालाई जंगलमा घाँस काट्न गएको अवस्थामा २०८० कात्तिक २५ गते बलात्कार गरेका थिए । पीडक युवक २०८० पुसदेखि क्षेत्रीय कारागार भीमफेदमा छन् ।

पालिका प्रेस
थप जानकारी