
मकवानपुर थाहा नगरपालिका नम्बर ८ निवासी शुभराज पाख्रिनले आफ्नो उपचारको लागि अपील गरेका छन् । ब्लड क्यान्सर पीडित पाख्रिनको परिवारले समेत उपचारका लागि सहयोगको अपिल गरेका छन् । कमजोर आर्थिक अवस्था भएका शुभराजका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।
ब्लड क्यान्सर पीडित पाख्रिनको काठमाडौ मनमोहन हस्पिटलमा उपचार भइरहेको शुभराजका बुवा रामबहादुर पाख्रिनले बताए । रामबहादुर पाख्रिनको महालक्ष्मी विकास बैंक खाता नम्वर ०६६१२१००६९६२३९०००००१ मा रकम सहयोग गर्न सक्नु हुनेछ ।
१७ वर्षिय शुभराज झम्केश्वरी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र हुन् ।
सहयोग गर्ने मनकारीहरुका लागिः
प्रतिक्रिया दिनुहोस्