पालुङ जेसिजले शहीद दिवसको अवसरमा थाहानगरको बुद्धचोकमा दिप प्रज्वलन गरेको छ । जेसिजले ज्ञात अज्ञात शहीदहरुको सम्झनामा १६ माघ साझ दिप प्रज्वलन गरेको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए ।

पालुङ जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष माधव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका नगर कार्यपालिकाका उपप्रमुख भरत गोपाली, पुर्व उपप्रमुख खड्गबहादुर गोपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, लायन्स क्लव अफ पिस थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान, हेटौंडा जेसीजका कोषाध्यक्ष बिजय गोपाली, पुर्व अध्यक्षहरु तथा वर्ष २०२५ का बोर्ड पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।

पालुङ जेसीज वर्ष २०२५ को पहिलो कार्यक्रमबाट रजत जयन्ती वर्ष सचिवालय उद्घाटन, लोगो सार्वजनिक तथा मैना एण्ड मिडिया प्रा.लि.संग रजत जयन्ती वर्ष भर छपाइ सम्बन्धि कार्य सम्पुर्ण रुपमा संचालन गर्न सम्झौता गरिएको जेसीज अध्यक्ष माधव कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी