आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको मतदान केन्द्र मध्ये मकवानपुरको थाहा नगरपालिका अन्तर्गत रहेका ९ मतदानस्थल र १७ मतदान केन्द्र संवेदनशील सूचीमा परेका छन् । थाहानगरमा २१ मतदानस्थल अन्तर्गत ४२ मतदान केन्द्र रहेका छन् ।
बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् ।
यसैगरी, जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् ।
संवेदनशील मतदानस्थलमा हेटौंडा उपमहानगरका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, राक्सिराङ गाउँपालिका १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिका ७ मतदानस्थल र १७ मतदान केन्द्र रहेका छन् । त्यसैगरी, मकवानपुर गढी गाउँपालिका ४ मतदानस्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिका २ मतदानस्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिका ४ मतदानस्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिका ३ मतदानस्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिका ३ मतदानस्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् ।
मकवानपुर जिल्लाका १९ मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लाभर रहेका कुल १ सय ६७ मतदानस्थल मध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरीप्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् ।
प्रतिनिधि सभाअन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्