फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले मकवानपुरका दुई वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।
मकवानपुर–१ बाट पूर्वसांसद दीपकबहादुर सिंह र क्षेत्र नम्बर–२ बाट रामबहादुर थोकर उम्मेदवार बन्ने भएका छन्। सिंह २०७९ को निर्वाचनमा मकवानपुर–१ बाट विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी (डिना) उपाध्याय रहेकी थिइन् । सिंहले २७ हजार ८१६ मत ल्याएर विजयी भएका थिए भने डिनाले २५ हजार ४२३ मत ल्याएकी थिइन् ।
आगामी निर्वाचनमा मकवानपुर–१ मा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाएको छ । कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।
मकवानपुर–२ मा एमालेले पूर्वसांसद महेश बर्तौलालाई टिकट दिएको छ भने नेकपाबाट सो क्षेत्रमा थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट उम्मेदवार बन्ने पक्का भएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्