रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि मकवानपुरका ५८ जना सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरका २१ जना सम्पर्कविहीन छन् भने ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिका ४, मकवानपुरगढी गाउँपालिका ३, भीमफेदी गाउँपालिका २, भीमफेदीका १ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ । बकैया गाउँपालिका ३ जना, इन्द्रसरोवर गाउँपालिका २, कैलाश गाउँपालिका २ र राक्सिराङ गाउँपालिका १ जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मकवानपुरको स्दुूरपूर्वमा पर्ने बागमती गाउँपालिकाबाट भने कोही पनि प्रभावित नभएको प्रशासनको विवरणमा उल्लेख छ । भोटेकोशी बाढीपश्चात सम्पर्कविहीन भएकामध्ये ४१ जना चालक छन् भने १६ जना मजदुर र १ जना ईन्जिनियर रहेका छन् । बाढीमा फसेका मकवानपुरका ४५ जनाको रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उद्दार गरिएको थियो । बाढीमा परी मकवानपुरका चार जनाको आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन् ।
हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन् । प्रशासनले सम्पर्कविहीनको खोजी तथा उद्दारसँगै उनीहरुको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।














































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्