मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलविद्युत आयोजनाको ड्याम भत्किन सक्ने भन्दै प्रचार गरिएको प्रति आपत्ति जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र लामाले सूचना जारी गर्दै विभिन्न माध्यमबाट भइरहेका प्रचारको पछि नलाग्न आग्रह गरेका हुन्।

‘८ असोज अपरान्ह २ः०० बजे यो सूचना तयार गर्दासम्मको तथ्याङ्क अनुसार कुलेखानी ड्यामको पानीको सतह १५२३.९५ रहेको छ, जुन सुरक्षाको दृष्टिकोणले उपयुक्त सुरक्षित तह हो।’ सूचनामा भनिएको छ। भारी वर्षाका कारण कुलेखानी ड्यामको सतह केही बढ्न सक्ने देखिएकाले सुरक्षा साइरनसम्बन्धी सूचना एवं जानकारी इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत प्राधिकरण, कुलेखानी केन्द्रको समन्वयमा विभिन्न माध्यमबाट प्रचार प्रसार गरिएको सूचनामा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत लामाका अनुसार गाउँपालिकाका वडा नं. २ र ३ का खोला किनारका घर÷टहरा, व्यापार व्यवसाय गरिरहेका जनतालाई सम्भावित बाढी आउन सक्ने सम्भावनाका कारण उक्त घर टहरा, व्यापार व्यवसाय हटाई सुरक्षित रहन सूचना एवम् प्रचार प्रसार गरिएको छ ।

‘तर केही व्यक्ति÷अनलाइन न्यूज÷सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युटुब) लगायतले ड्याम फुट्न सक्ने, ड्यामको पानीको सतह खतराको लेभलमा पुगेको तथा ड्याम फुटिसकेको भनी भ्रामक, तथ्यहीन एवम् झुटा समाचार प्रकाशन गरी समाज÷समुदायमा भय, डर र त्रासको अवस्था श्रृजना गर्ने कार्य गरेको देखिएकाले उक्त भ्रामक र आधारहीन सूचनाको पछाडि नलागी तथ्यपूर्ण र आधिकारिक सूचनालाई मात्र आधार मान्नु हुन सबै सर्वसाधारणमा यो सूचना प्रकाशन गरिएको छ।’ गाउँपालिकाले भनेको छ।

814740988_29304719259129530_3622696973713260337_n-1790334007.jpg

 

पालिका प्रेस
थप जानकारी