थाहा नगरपालिकाको ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र पालुङ शहरमा १० असोजमा इन्द्रजात्रा (इन्हा पुन्हि) हुने भएको छ । मौसम प्रतिकूल रहेपनि थाहा नगरपालिका वडा नम्बर २ को पालुङ शहरमा इन्द्रजात्रा लाग्ने भएको हो ।
पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा हुने जात्रामा परम्परागत पूजा तथा धार्मिक विधि अनुसार जात्रा संचालन हुने आयोजकले जनाएको छ । इन्द्र जात्राको अवसरमा अष्टभैरव, भगवती, पाण्डुकेश्वर महादेव र तलेजु मन्दिरमा पूजा–आराधनासहित विभिन्न देवी–देवताको विधिपूर्वक पूजा गरिनेछ ।
पालुङको इन्द्रजात्राको विशेष आकर्षण काला भैरवको मुखबाट छ्याङ तथा प्रसाद वितरण गर्ने तथा विभिन्न देवी देवताको नाचसहित लाखेनाच प्रदर्शन गर्ने चलन छ । सो अवसरमा समयबजी खाने परम्परा समेत रहेको छ ।
मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणका लागि जात्रामा सहभागी हुन गुठीका सचिव गगन श्रेष्ठले सबैलाई आग्रह गरेका छन् । मौसमको कारण ९ असोजमा हुने भनिएको विविध सांस्कृतिक कार्यक्रम तथा फुडफेष्टिभल भने स्थगित भएको थियो ।














































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्