मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले रुपचन्द्र विष्ट ‘रुदाने’को सम्मान र सम्झना तथा थाहा अभियान र आन्दोलनलाई जीवन्त राख्न स्मृति दिवसको दिन थाहानगरमा सार्वजनिक विदा दिन छलफल चलाउने बताएका छन् ।

रुदानेकोे २३ औं स्मृति दिवसको अवसरमा ७ असारमा आयोजित कार्यक्रममा नगर प्रमुख विष्टले रुदानेको सम्झनामा एक दिन थाहानगरमा स्थानीय विदा दिन माग भएकोले नगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव लैजाने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता ज्योती रायमाझी तथा अरुण रायमाझीले रुदानेको सम्मानमा एक दिन थाहानगरमा सार्वजनिक विदा दिएर युवा पुस्ता र नयाँ पुस्तामाझ थाहा दर्शनबारे जानकारी दिनु पर्ने सुझाए ।

पालिका प्रेस
थप जानकारी