मकवानपुर थाहानगरमा रहेको महालक्ष्मी विकास बैंक पालङ शाखाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पालुङलाई सात थान सिसि क्यामरा हस्तान्तरण गरेको छ ।

ईलाका प्रहरी कार्यालय पालुङमा १२ असारमा एक कार्यक्रमको आयोजना गरी सिसी क्यामेरा हस्तान्तरण गरिएको हो । महालक्ष्मी विकास बैंक पालुङ शाखाका प्रबन्धक संगिता बज्राचार्यले ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाललाई सिसि क्यामेरा हस्तान्तरण गरिन् । क्यामेरा हस्तान्तरणपछि ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले महालक्ष्मी बैंकले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्दै क्यामेरा सहयोगले थाहानगरको शान्ति सुरक्षा व्यवस्थापनमा सहयोग मिलेको प्रतिक्रिया दिए । उनले बैंकलाई धन्यवाद दिदै सहकार्यको निरन्तरताको कामना गरे ।

कार्यक्रममा बैंककी प्रबन्धक संगीता बज्राचार्यले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगर भित्र विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै जाने र भविस्यमा अन्य क्षेत्रमा पनि सहयोगको कार्यक्रम निरन्तर गरीरहने प्रतिक्रिया दिइन् । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी,बैंकका कर्मचारीहरु, समाजसेवी पुर्षोत्तम ढकाल, पत्रकार शम्भु अधिकारीलगायतकाको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी