नेपाल मगर संघको १५औं बैठकले यहि २७ साउनमा सजल्ला अधिवेश गर्ने भएको छ । हेटौंडा २ स्थित ओशिन रेष्ट हाउसको सभाहलमा भएको पूर्ण वैठकले अधिवेशनको मिति तोकेको हो ।

मकवानपुर अध्यक्ष होम वहादुर रानाको अध्यक्षतामा बसेको पुर्ण वैठकले अधिवेशनको लागि आर्थिक समिति गठन गर्ने पनि निर्णय छ । त्यसैगरी भातृ संगठनहरु साउन २१ गते र स्थानियतह कमिटिको १४ साउनमा संयुक्त सम्मेलन गर्ने निर्णय भएको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङले जानकारी दिए ।

त्यसैगरी १८ असारमै नेपाल मगर संघले अशोक सारुमगर र अमृता थापा मगरलाई सम्मान गरेको छ ।

नेपाल मगर संघको १२औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित अशोक र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज अमृतालाई सम्मान गरिएको थियो । कार्यक्रम प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु)को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्ष भूपेन्द्र राना मगर, नेपाल मगर युवा संघमकवानपुरको अध्यक्ष उपेन्द्र राना मगर, नेपाल मगर महिला संघ मकवानपुरको अध्यक्ष डेमिज थापामगर, नेपाल मगर विद्यार्थी संघ मकवानपुरको अध्यक्ष शिव पुलामी मगरको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी