मकवानपुरको प्रसिद्ध पर्यटकीय गन्तव्य ‘मोहिनी झरना’ प्रवद्र्धनका लागि थाहा नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र थाहानगरको दामन र इन्द्रसरोवर ताल हुँदै पुग्न सकिने ‘मोहिनी झरना’ प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७९/०८० का लागि बजेट व्यवस्था गरिएको थाहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए ।

प्राकृतिक रुपमै मनमोहक, ‘मोहिनी झरना’ मा आन्तरिक तथा बाह्यि पर्यटकहरुको घुइँचो लागेसंगै यसको प्रवद्र्धन आवश्यक भएको अध्यक्ष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले ‘मोहिनी झरना’ घुम्न आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई अनुरोध गर्दै यसको प्रवद्र्धन, प्रचार तथा व्यवस्थापनमा सहयोग गर्न अपील समेत गरेका छन् ।

हेर्नुहोस भिडियोहरुः

पालिका प्रेस
थप जानकारी