चितवनको राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा फेरबदल भएको छ । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिव र ६० जना शाखा अधिकृतको सरुवा गरेको थियो । सोही बमोजिम चितवनको राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा फेरबदल भएको हो।

पालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भरतपुर महानगरपालिकामा कार्यरत उपसचिव सुकदेव लम्साल आउने भएका छन् । यसअघि तनहुँको बन्दिपुर गाउँपालिका र चितवनकै इच्छाकामना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालिसकेका लम्साल कार्यसम्पादनमा अब्बल कर्मचारी मानिन्छन् । पछिल्लो समय जिल्ला समन्वय समिति चितवनमा कार्यरत रहदै उपसचिवमा बढुवा भएका लम्साल त्यसपछि भरतपुर महानगरपालिकामा कार्यरत थिए।

यस्तै राप्ती नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेल भने गल्कोट नगरपालिका बाग्लुङ सरुवा भएको छ।

पालिका प्रेस
थप जानकारी