मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ कमाने स्थित विभिन्न खाद्य व्यवसाय फर्महरुमा उपभोग्य अवधि समाप्त भएका खाद्य पदार्थहरु भेटिएका छन् ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गएको २२ र २३ गते हेटौंडा-८ को कमाने स्थित विभिन्न खाद्य व्यवसयहरुमा अनुगमन गर्दाउभोग्य अवधि समाप्त भएका खाद्य पदार्थ भेटिएको हो ।

कार्यालय अनुसार हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा-८ को कमाने स्थित दुर्गा खाद्य भण्डार,दुलाल किराना पसल,रिद्धि स्टोर र थापा स्टोरमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा उभोग्य अवधि समाप्त भएका खाद्य पदार्थहरु जफत गरिएको र हेटौंडा-१० स्थित फोहोर व्यवस्थापन साईटमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी