स्थानीय तह निर्वाचनमा उमेद्वार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका सबैजना निर्वाचन आयोगको स्पष्टिकरणमा परेका छन् । निर्वचित जनप्रतिनीधि र पारजित भएका उमेद्वारहरुले निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा नबुझाएकोले आयोगको स्पष्टिकरणमा परेका हुन् ।

खर्च विवरण नबुझाउने इन्द्रसरोवर गाउँपालिकाका ७१ जना उमेद्वार र बिलम्ब गरी बुझाउने १८ जना उम्द्वारहरु निर्वाचन आयोगको स्पष्टिकरणमा परेका हुन् । उनीहरुलाई तोकिएको समयभित्र के कति कारणले के कति कारणले खर्च विवरण बुझाउन नसकिएको हो भनी आयोगले १ भाद्रमा स्पष्टिकरण सोधेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ बमोजिम राजनीतिकदल वा उमेद्वारले निर्वाचनको अन्तिम मतपरिणाम प्रकाशित भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण दल वा उमेद्वारले मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने, स्थानीय तह निर्वाचन नियमावली, २०७३ नियम ४० बमोजिम उमेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको ढाँचामा मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

कानुन अनुसार खर्च विवरण नबुझाउने उमेद्वारहरुको स्थानीय तह अनुसार निर्वाचन आयोगले १ भाद्रमा नामावली वेभसाइटमा प्रकाशन गरेको छ ।

खर्च विवरण नबुझाउनेहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइसहित ७ स्पष्टिकरण ७ दिनभित्र निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न सार्वजनिक सूचना गरिएको छ । सूचना अनुसार पालिकाका सबै उमेद्वारले यहि भाद्र ७ गतेभित्र जिल्ला निर्वाचन कार्यालय मकवानपुर वा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा गई लिखित स्पष्टिकरण दिनूपर्नेछ ।

हेर्नुहोस् स्पष्टिकरणमा पर्नेहरुको नामावलीः