मकवानपुरको थाहा नगरपालिका सूचना प्रविधिको प्रयोग र यस क्षेत्रमा नवीनतम कार्यहरु संचालन गरेकोमा पुरस्कृत भएको । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आर्थिक वर्ष २०७८/०७९ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको अवसरमा ११ असोजमा हेटौंडामा थाहा नगरपालिकालाइृ सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नगरपालिकालाई सम्मान पत्र वितरण गरेकी हुन् । पालिकाको तर्फबाट नगर प्रमुख विष्णु विष्ट, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले र सूचना अधिकारी सुरजकुमार भुजेल सहभागी थिए ।

जिल्ला समन्वय समितिले जिल्लाका अन्य विधामा पनि पुरस्कृत गरेको छ । जिससले सामुदायिक विद्यालयमा सञ्चालित ईसीडी तर्फ बकैया गाउँपालिकाको शंखरेश्वरी प्रावि, कर्मचारी तर्फ पनि बकैयाँ गाउँपालिकाका अनमी सर्मिला जिम्मा र भीमफेदी गाउँपालिकाका लेखापाल तोयानाथ तिवारी र जिल्ला समन्वय समिति मकवानपुरका कार्यालय सहयोगी सोममायाँ स्याङतानलाई सम्मान गरिएको थियो ।

हेटौंडाका समाजसेवी सिद्धीलाल श्रेष्ठ, महिला तर्फ बबीता बानियाँ जिल्ला समन्वय समितिबाट सम्मानित भएका छन् । यस्तै सहकारी तर्फ मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था, कृषित तर्फ थाहा नगरपालिका स्थित झम्केश्वरी कृषि समुह पालुङ र हेटौंडा–१६ कि गीता कृषि फार्मकी सञ्चालक गीता रेग्मीलाई सम्मान गरिएको छ भने गैरसरकारी संस्था तर्फ सिवीन नेपाल, राडो नेपाल र माइती नेपाललाई सम्मान गरिएको निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेले बताइन् ।

थाहानगरको झम्केश्वरी कृषक समूह सम्मानित हुँदै ।

कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेलले स्वागत गरेका थिए । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता सम्पन्न कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेल, १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

जिल्ला समीक्षामा जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले आर्थक वर्ष २०७८/०७९ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।

पालिका प्रेस
थप जानकारी