मकवानपुर जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभाको चुनाबका लागि सत्तारुढ गठवन्धनका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । २३ असोज दिउसो निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागिसत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय (डीना) र क्षेत्र नम्वर– २ मा विरोध खतिवडाले उम्मेदवारी दर्ता गराए । डिना नेपाली काँग्रेस र खतिवडा नेकपा एकीकृत समाजवादीका हुन् ।

त्यस्तै क्षेत्र नम्वर १ (क) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामीले उम्मेदवारी दिदर्ता गराएका छन् । १ को (ख) मा नेपाली काग्रेसका आनन्द पराजुलीले उम्मेदवारी दिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ (क) बाट माओवादीकी कुमारी मोक्तान र (ख) बाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका हुन् । उनीहरुले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

पालिका प्रेस
थप जानकारी