मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६९ जनाले उमेद्वारी दिएका छन् । उमेद्वारी दिएका मध्ये जम्मा ८ जना मात्र महिला छन् बाँकी पुरुष उमेद्वार रहेका छन् ।

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा एकजना महिलासहित १६ जनाले उमेद्वारी दिएका छन् । सोही निर्वाचन क्षेत्रको १ (क) मा १० जनाले उमेद्वारी दिएका छन् । उमेद्वारी दिएका सबै पुरुष छन् । मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा १० जनाले उमेद्वारी दिएका छन् । उमेद्वारी दिएका सबै पुरुष मात्र छन् । त्यस्तै २ (क) दुई महिलासहित ८ जनाले उमेद्वारी दर्ता गराएका छन् भने २ (ख) मा १० जनाले उमेद्वारी दर्ता गराएका छन् । उमेद्वारी दिएका मध्ये एकजना मात्र महिला छन् ।

उमेद्वारी दर्ता गराएकाहरु मध्ये १७ जना स्वतन्त्र उमेद्वार रहेका छन् । १२ पुरुष र ५ महिला स्वतन्त्र उमेद्वरी दर्ता गराई चुनावी मैदानमा छन् । प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा दुई पुरुष र प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १ जना पूरुषले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नम्बर १ (क) मा दुई पुरुषले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् भने १ (ख) मा ४ महिला र २ पुरुष स्वतन्त्र उमेद्वार छन् । यो मकवानपुरकै सबैभन्दा बढि स्वतन्त्र महिला उमेद्वार भएको क्षेत्र हो । क्षेत्र नम्बर २ (क) मा ३ जना पुरुष स्वतन्त्र उमेद्वार छन् भने २ (ख) मा एक महिला र दुई पुरुषले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।

मकवानपुरको प्रतिनीधीसभा क्षेत्र नम्बर १ र १ (क) तथा २ नम्बर क्षेत्र र २ (क) मा महिलाले उमेद्वारी शुन्य रहेको छ ।

हेर्नुहोस् नामावलीः

पालिका प्रेस
थप जानकारी