नेकपा माओवादी केन्द्र मकवानपुरका नेता तथा नेपाल चेपाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव खुशीलाल चेपाङले चुनाव चिन्ह बलिरहेको विजुलीको चिम पाएका छन् । निर्वाचन आयोगले चेपाङलाई विजुलीको चिम चिन्ह प्रदान गरेको हो ।
माओवादी नेता भएर पनि गठवन्धन विरुद्ध मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को (ख) मा उम्मेद्वारी दिएका चेपाङले उत्पीडित वर्गउत्थानको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । माओवादीले सधै ब्यापारीहरुलाई मात्र मतदान गर्नुपरेको भन्दै उनले यो पटक आफुलाई यहाँको स्थानीयले मत प्रदान गर्ने विश्वास समेत ब्यक्त गरे। उनी गठबन्धनका उमेद्वार इन्द्र बहादुर बानिया विरुद्ध स्वतन्त्र उमेद्वारी दर्ता गराएका थिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्