नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले आफू निर्वाचित भएमा ग्रामीण वस्तीहरुको सडक र शिक्षालाई प्राथमिकता दिने बताएका छन् । नेकपा एमाले थाहा ५ नम्बर वडा कमिटीले ४ कात्तिकमा आयोजना गरेको चियापान कार्यक्रममा ढकालले वर्तमान प्रदेश सरकारले वडा नम्बर ५ मा कुनै पनि योजना नपारेकोमा दुःख व्यक्त गर्दै राजनीतिक प्रतिशोध देखाएको आरोप लगाए ।
ढकालले भने,–‘दुरीका हिसाबले राजमार्ग नजिक भएर पनि सडकको स्तरोन्नति नभएकोले जनताहरुको दैनिक जीवन कष्टकर छ, यो कष्टकर जीवन कसैले देख्न सकेनन्, अब मंसिर ४ पछि एमाले सरकारको प्रत्यक्ष सहभागिता रहनेछ ।’ ढकालले एमालेको विगतमा रहेको सरकार र वर्तमान सरकार रहदाको बजार मूल्यलाई मात्र ध्यान दिदा पनि जनताले सजिलै कुन सरकार उत्कृष्ट हो भनेर बुझ्न सकिने बताए । ५ नम्बर वडामा अहिलेसम्म एउटा पनि मावि तहको विद्यालय नहुँदा साना वालवालिकाहरु शिक्षाबाट बञ्चित भैरहेको बताए ।
ढकालले प्रदेशमा आफू र प्रतिनिधि सभामा युवा उमेदवार महेश बर्तौलालाई निर्वाचित गराए जनतालाई दुःखी हुन नदिने प्रतिवद्दता व्यक्त गरे ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्