पालुङ जेसिजले आयोजना गरेको जेसिज सप्ताह अन्तर्गत वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगिता २५ कात्तिकमा जनकल्याण माध्यमिक विद्यालयमा भएको हो ।

‘समाज परिवर्तनमा युवाको भुमिका’ विषयक प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयका दिेनेश रुम्बा प्रथम भएका छन् । प्रतियोगितामा पालुङ भ्यालीहार्ट एकेडेमीका दिपशिखा रायमाझी द्वितीय र जनकल्याण माविकी स्मारिका बस्नेत तृतीय भएका थिए ।

प्रतियोगितामा थाहानगरका २६ जनाको सहभागिता रहेको थियो । पालुङ जेसिजका पूर्व अध्यक्ष तथा जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकहरुमा रामहरि अधिकारी, कुमार नेगी रहेको महासचिव निरज रायमाझीले जानकारी दिए । कार्यक्रम विक्रम श्रेष्ठको संयोजकत्वमा भएको थियो ।

पालिका प्रेस
थप जानकारी