यहि ४ मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर खटिने कर्मचारीहरुलाई काात्तिक २८ र २९ मा नियुक्ती पत्र वितरण गरिँदै छ ।

मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिएका कर्मचारी र शिक्षकहरुलाई नियुक्तीपत्र वितरण गर्न लागेको हो । जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई नियुक्तीपत्र वितरण गर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । जिल्लामा ३ हजार जना कर्मचारी खटाइने भएको छ । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाइएको छ ।

नियुक्तपत्र लिइसकेपछी कर्मचारीलाई चुनाव खर्च र मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी