सरकारले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि तीन दिन सार्वजनिक विदा दिएको छ ।

मंगलबार बिहान गृह मन्त्रालयले एक सूचना जारी गर्दै २, ४ र ५ मंसिरमा विदा दिने निर्णय गरेको जानकारी दिएको छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा २ मंसिर देखि ५ मंसिरसम्म मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई विदा दिने निर्णय भएको उल्लेख छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मनत्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल मगाब सिंहदरवार, काठमाठी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मिति २०७९ मंसिर ४२५ गते सार्वजनिक विदा दिने नेपाल सरकारवाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ y8 फणिन्द्रमणि पोखरेल सहसचिव/प्रवक्ता मिति: २०७९/०७/२९ जन्मभूमिश्च स्वर्गादपि गरायसी'

पालिका प्रेस
थप जानकारी