मकवानपुरको थाहा नगरपालिकाको विकास घरमा ३१ औं अपाङ्गता दिवस मनायएको छ । थाहा नगरपालिकाको सहयोग तथा अपाङ्ग सरोकार समिति थाहानगरको आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा अपाङ्ता भएकाहरुले आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । उनीहरुले गित तथा कविता सुनाएका थिए । अपाङ्ता भएकाहरको पिडा र उनीहरुलाई प्रदान गरिनूपर्ने हक अधिकारमा केन्द्रित गित र कविता सुनाएका हुन् । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अथिगती तथा सहभागीहरुलाई थाहा नगरपालिका सामाजिक विकास समितिका सदस्य पवित्रासिं ठकुरीले स्वागत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अथिती रायमाझीले पालिकाले योजना तर्जुमा र कार्यान्वयनमा अपाङ्गता भएकाहरुलाई ध्यान दिने बताए । उनले अपाङ्गको हक अधिकार स्थापित गर्न वडा तथा नगरबाट सँधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामाको विशेष आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका सूचना शाखा प्रमुख सुरजकुमार भुजेल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानलगायतकाको आतिथ्यता रहेको थियो ।

अपाङ्गता दिवसको अवसरमा कार्यक्रममा विभिन्न प्रतिभा प्रस्तुत गर्ने थाहा नगरपालिका वडा नम्बर ७ की डोल्मा थिङ, वडा नम्बर ६ का जंग बहादुर कपाली, वडा नम्बर १ का युद्ध बहादुर थोकर र वडा नम्बर १० का विकास थापामगरलाई कार्यक्रमका प्रमुख अतिथी रायमाझीले कदरपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा थाहानगर क्षेत्रका अपाङ्गता भएकाहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी