कालीकोटको महाबै गाउँपालिका स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वन गर्नेमा पहिलो पालिका बनेको छ। कर्णाली प्रदेशको दुर्गम जिल्ला मानिने कालीकोटको यस पालिकाले ३५ लाख रकम विनियोजन गरी यही पुस १ गतेदेखि सेवा सुरु गर्न लागेका हो।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारहरूले निर्वाचित भएपछि नागरिकको स्वास्थ्य बीमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए।

बीमाका लागि ३५ लाख विनियोजन गरी छिटै कार्यन्वयनमा ल्याएर ०७९ पुस १ गते बाट सेवा सुरु गरी २८५ घरधुरीमा सेवा दिनुको साथै बाँकीमा पनि सेवा सुरु हुने क्रममा स्वास्थ्य बीमा गराएर कालीकोट जिल्लाको पहिलो पालिका हुन सफल भएको महाबै गाउँपालिका अध्यक्ष खेम सिंह (भिजन)ले जानकारी दिएका छन्।

महाबै गापालिकाका नागरिकलाई स्वास्थ्य क्षेत्रमा सक्षम बनाउनका लागि बिमा लागु गरेको अध्यक्षले जानकारी दिए। स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेमा गाउँपालिका उपाअध्यक्ष दानसिंह सेजुवाललगायत सम्पूर्ण सरोकारवालामा हार्दिक बधाई तथा थप जनताप्रति उत्तरदायित्व हुने कुरामा अपेक्षासमेत गरेको जानकारी दिए।

पालिका प्रेस
थप जानकारी