फाइल फोटो

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणीचौरमा लाग्ने तीनवर्षे ऐतिहासिक इन्द्रायणीमाई मेला २२ मंसिरबाट हुने भएको छ । प्रत्येक ३/३ वर्षमा थाहा नगरपालिकाको वडा नम्बर ३ इन्द्रायणी चौरमा मेला लाग्ने गर्दछ । करिब साढे ३ सय वर्षदेखि ऐतिहासिक मेला सुरु भएको अनुमान छ । ईन्द्राणी माईलाई आस्थाको देविको रुपमा लिने गरिन्छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको स्थानीय निरोज प्रधानले बताए ।

इन्द्रायणी माईको मन्दिरमा गई पुजाआजा गर्नाले आफूले चिताएको पुरा हुने र माईले सबैलाई कल्याण गर्नुहुने जनविश्वास रहि आएको छ । ३ दिनसम्म संचालन हुने मेलामा करिब २ लाख बढिले अवलोकन गर्ने ईन्द्रायणी भगवती काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए । स्थानीय देउला र नेवार समुदायको ऐतिहाँसिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको यस वर्षको मेला २४ मंसिरसम्म संचालन हुनेछ । इन्द्रायणी भगवति कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्राायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । मेला अवधिमा थाहा नगरपालिका–२ का देउला समुदाय र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।

इन्द्रायणी माइ थानमा राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ । मेलामा पाटनबाट आएका तान्त्रिक कर्माचार्यहरुले विशेष पूजाआजा गर्ने गर्दछन् । मेलामा स्थानीय क्षेत्रका हजारौं भक्तजनहरु मन्दिर पुग्छन् भने स्थानीय नेवार तथा देउला समुदायमा टाढाबाट आउने पाहुनाहरुले घरहरु खचाखच हुने गर्दछ । इन्द्राायणी माइको पूजा र भाकल गरेमा मनोआकाँक्षा पूरा हुने विश्वास रही आएको छ ।

थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले यस मेलाले आफ्नो आफन्तसंग भेट हुने अवसरको साथै जात्रालाई सभ्य तारिकाबाट सञ्चालनमा सहयोग गरिदिनको लागि सबैलाई आग्रह गरेका छन् । विष्टले नगरपालिकाले संस्कृति संरक्षण गर्नको लागि बजेट समेत विनियोज गरेको बताए । उनले यस मेलाले पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिनु लिएका छन् । मेला त्यस्ता कुनै पनि विकृति हुन नदिनको लागि समेत गठन भएको छ । मेलामा भक्तजनहरुको सुविधाका लागि भनेर सबै क्षेत्रमा विजुलीको साथै स्टलहरु समेत र राखिएको छ । बिजुली र खानेपानीको नगरपालिकालदे व्यवस्थापन गरेको छ । शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी खटिनेछन् भने थाहा नगरपालिकाबाट प्राथमिक उपचार डेस्क तथा नेपाल स्काउट थाहानगरको स्वयंसेवकहरु समेत खटिनेछन् ।

मेला भर्न आग्रा, गोगने, टिष्टुङ, धादिङ, पोखरा, बनेपा, बिरंगज, हेटौडा, काठमाडौं लगायत मुलुकमा विभिन्न स्थानबाट आउने गर्दछन् ।

पालिका प्रेस
थप जानकारी