थाहानगरमा वातावरण तथा सरसफाइ र पर्यटन प्रवद्र्धनमा समेत कार्य गर्दै आएको लवग्रिन नेपालले थाहा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोर व्यवस्थापन गर्नका लागि ‘डष्टबिन’ सहयोग प्रदान गरेको छ । स्वास्थ्य संस्थाबाट निस्कने सामान्य, हानिकारक तथा अतिहानिकारक फोहोर छुट्टाछुट्टै राख्नको लागि ‘डष्टबिन’ प्रदान गरेको हो ।

‘डष्टबिन’ लवग्रिन नेपालका दिपचन्द्र बुढाले हस्तान्तरण गरेका हुन् । हस्तान्तरित ‘डष्टबिन’ थाहानगर प्रमुख विष्णु बहादुर विष्ट र स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बुझेका थिए । नगरपालिकाको कार्यालयमा एक थान तथा नगरभित्र रहेका १२ वटा स्वास्थ्य संस्थाहरुमा एक÷एक थान राख्नको लागि ३९ थान ‘डष्टबिन’ लवग्रिन नेपालले सहयोग गरेको हो ।

लवग्रिन नेपालले नेपालले थाहा नगरपालिका वडा नम्बर १, ३ र ६ को एकसय किसान परिवारको खेतबारीको माटो जाँच लागि नमुना संकलन सम्बन्धी कार्य गरेको छ भने हालैसालै थाहा नगरपालिका वडा नम्बर १ को कुन्छाल गाउँमा रैथाने कृषि तथा साँस्कृतिक मेलामा पनि उक्त संस्थाले सहयोग गरेको थियो ।

पालिका प्रेस
थप जानकारी