वैदेशिक रोजगारको क्रममा मृत्यु, अंगभंग र सम्पर्कबिहिन भएका कामदारहरुको सम्झनामा मकवानपुर थाहा नगरपालिका शिखरकोटको कृष्ण मन्दिर चोकमा दीप प्रज्वलन गरी मनाइएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ३ पुसमा कार्यक्रम भएको हो ।

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराकासाथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाको सहकार्य तथा थाहा नगरपालिकाको आयोजनामा दिपप्रज्वलन गरिएको हो ।

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यमा दीप प्रज्वलन कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी, रोजगार सहायक बिरजकुमार भुजेल, पत्रकार शम्भु अधिकारी, ४ नम्बर वडा सदस्य सुन्दरराज केसीलगायत सामीका मेलिना खत्री, सुनिता बस्नेत लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी