जेसीआई बसामाडीको आयोजनामा हेटौंडामा भएको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको छ । जेसीआई बसामाडीको २० औं संस्करणको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले जितेको हो ।

२ पुसमा हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा आग्रा स्पोर्ट्स क्लबले विनयवावु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेलमा आग्रा स्पोर्ट्सले विनयवावु प्रतिष्ठानलाई २५–२०, २६–२४ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । उपाधिसँगै आग्राले ६५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता विनयवावु स्मृति प्रतिष्ठानले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आग्राका पुजन गुरुङ घोषित हुँदा उत्कृष्ट स्पाइकर आग्राकै रमेश थिङ र सञ्जय थिङ घोषित भए ।

पालिका प्रेस
थप जानकारी