बागमती प्रदेश शिक्षा निर्देशनालको आर्थिक सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरको आयोजनामा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा थाहानगरको हिमालयन इङ्लिस बोर्डिङ स्कूल दोस्रो भएको छ ।
हेटौंडाको सिद्धार्थ माविमा भएको जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा महेन्द्र मावि भिमफेदी पहिलो भएको छ । प्रदर्शनीमा महेन्द्र प्राविधिक स्कुल बकैया तेश्रो तथा मकवानपुरगढीको भानु मावि चौथो भएको छ । हेटौंडा–२ स्थित सिदार्थ माविको सभाहलमा भएको प्रदर्शनीमा जिल्लाका १० वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहका एक÷एक वटा माध्यमिक विद्यालयको सहभागिता रहेको बिज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयलाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । विज्ञान प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र १ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा प्रत्येक विद्यालयबाट एक जना शिक्षकको प्रतिनिधित्वमा दुई जना विद्यार्थीको सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख घलानले विज्ञान प्रदर्शनीले विद्यार्थिहरुको सिक्ने र सिकाउने कलामा बृद्धि हुने हुँदा कार्यक्रम निकै उत्कृष्ठ भएको बताए । उनले बिद्यार्थीले निर्माण गरेका सामग्रीलाई प्रयोगमा ल्याउन र यसलाई निरन्तरता दिन जरुरी रहेको बताए । कार्यक्रममा शिक्षा निर्देशनालयका निर्देशक पुर्ण बहादुर दर्जीले प्रबिधिलाइ विद्यालयसँग जोड्ने साथै देशका लागि मात्र नभई बिश्वका लागि चर्चित बैज्ञानिक उत्पादन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनलेले पुस ५ गते भित्र प्रदेशका १३ वटै जिल्लामा कार्यक्रम आयोजना गरेर पुस अन्तिममा प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने समेत जानकारी दिए ।
प्रदर्शनीमा जिल्लाको कैलाश बाहेक अन्य पालिकाका विद्यालयका बालबालिकाहरुले निर्माण गरेको विज्ञान प्रविधिहरु देखाइएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्