थाहा नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धि जानकारी तथा सचेतनामुलक कार्यक्रम भएको छ । मकवानपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौंडाको आयोजना तथा थाहानगर स्वास्थ्य शाखाको समन्वयमा विकास घर शिखरकोटमा कार्यक्रम भएको हो ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका मार्फत समुदायमा आयुर्वेद चिकित्सा पद्दती सम्बन्धि जानकारी दिन तथा आयुर्वेद औषधी प्रयोग र उपचारका सम्बन्धमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको हो । सो अवसरमा जिल्ला आयुर्वेदबाट दिइने स्वास्थ्य सेवा, सुबिधाहरुको बारेमा समुदायमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला आयुर्वेद हेटौंडाका वरिष्ठ कविराज तथा सुचना अधिकारी अशोक कुमार झाले बताए। कार्यक्रमका सहभागीहरुलाई जिल्ला आयुर्वेदका डाक्टर प्रमेश चौधरीले सहजीकरण गरेका थिए।

सचेतना कार्यक्रम जिल्लाको १० वटै पालिकामा गरिने झाको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी