मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ ले आफ्नो वडा भित्रका सामुदायिक विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विकास घर शिखरकोटमा ७ पुसमा एक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिकाको प्रमुख विष्णु बहादुर विष्टले छात्रवृत्ति वितरण गरेका हुन् ।

वडा कार्यालयको तर्फबाट वडा नम्बर ३ का सेती गणेश आधारभूत विद्यालयका ६ जना, जनता प्राविका ६ जना, जनकल्याण माविका ११ जना र पालुङ बहुमुखी क्याम्पसमा अध्यनरत २ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहित छात्रवृत्ति प्रदान गरियको हो ।

छात्रवृत्ति अन्तर्गत पालुङ बहुमुखी क्याम्पसमा अध्यनरतको लागि भर्ना शुल्कसहित मासिक शुल्क प्रदान गरिएको थियो भने जनकल्याण माविमा ११ र १२ मा अध्यनरतको लागि कोट पाइन्टसहित अन्य शैक्षिक सामाग्री तथा अन्य विद्यार्थीहरुलाई विद्यालय पोसाक, जुत्ता, स्वीटरसहित अन्य शैक्षिक सामाग्री उपलब्ध गराइएको वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए । अध्यक्ष रायमाझीले दिदै छात्रवृत्ति पाएका विद्यार्थीहरुको अनुगमन समेत हुने बताए ।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख विष्टलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यापक पहलको आवश्यकता औल्याउदै थाहानगर भित्र रहेका सामुदायिक स्कुलको अवस्था सुधार्न अभिभावक, शिक्षक, तथा विद्यार्थी र नगरपालिका समेत उत्तिकै जिम्मेवार भएर लागि पर्नुपर्ने बताए । उनले आफ्नो जिम्मेवारी बहन नगरुन्जेल सामुदायिक स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने उल्लेख गरे । वडा नम्बर ३ का अध्यक्ष हिरेंन्द्रकुमार रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिष्णु बिष्ट, थाहानगर शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, ३ नम्बर वडाका वडा सदस्यहरु, छात्रवृत्ति पाउने विद्यालयका शिक्षक प्रतिनिधिहरु, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, पत्रकार शम्भु अधिकारीलगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी