मकवानपुरको थाहा नगरपालिका वडा नम्बर९ चित्लाङमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चित्लाङको स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा यहि २७ पुसबाट प्रतियोगिता हुन लागेको हो । वगतका वर्षमा झै यस वर्ष पनि जिल्लास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको लागि टिम दर्ता यहि पौष २६ गतेसम्म गर्न स्वच्छन्द भैरब युवा क्लवका अध्यक्ष पुण्यमान बलामीले खेलाडी टिमलाई अनुरोध गरेका छन् । जिल्लास्तरीय भलिबल प्रतियोगिताका विजेताले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संस्थाका सचिव निर्मल विडारीले बताए ।

अध्यक्ष बलामीले यस प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायीलगायत सबैसँगसाथ सहयोग गर्न आग्रह समेत गरेका छन् । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्ने र खेलकै माध्यमबाट गाउँमा रहेका विकृति विसंगतीलाई हटाउँदै स्थानीय युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । चित्लाङमा वि.सं. २०५३ सालदेखि नै निरन्तर रुपमा भलिबल प्रतियोगिता संंचालन गर्दै आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी