मकवानपुर थाहा नगरपालिकाको हिमालयन इङलिस बोर्डिङ स्कुल थाहा नगरस्तरीय अन्तर मावि विज्ञान प्रदर्शनीमा प्रथम तथा जिल्लास्तरीय प्रतियोगितामा दोस्रो भएपछि विद्यालयले प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रतियोगितामा मिहिनतका साथ प्रदर्शनी सामाग्री तयार गर्ने विद्यार्थीहरुलाई १३ पुसमा एक कार्यक्रमको आयोजना गर्दै कदरपत्र सहित सम्मान गरेको हो ।
विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयका प्रिन्सिपल बाबुलाल कार्कीले बताए । विद्यालयका प्रिन्सिपल बाबुलाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता रहेको थियो।
सम्मान कार्यक्रममा विद्यालयका संस्थापक सानोभाइ कार्कीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए । उनले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेललगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्नेमा जोड दिए । सम्मानित विद्यार्थी लाई प्रमुख अतिथी वडा नम्बर ४ का अध्यक्ष नारायण लामाले कदरपत्र प्रदान गरेका थिए । सो अवसरमा विषयगत शिक्षक बिक्रम मल्ललाई समेत सम्मान गरियको थियो । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले स्मार्ट सिटि प्रोजेक्ट बनाइ प्रदर्शनीमा सहभागी भएका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्