फाइल फोटो

मकवानपुर थाहानगरको सर्वाधिक पुरस्कार राशीको ‘थाहा गोल्डकप फुटबल प्रतियोगिता’ यहि २६ पुसबाट इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ । थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको जन्मोत्सव पारेर थाहा नगरपालिकाको आयोजना गर्ने प्रतियोगिताको यो चौथो संस्करण हो ।

चौथों संस्करणको प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक थाहा नगरपालिकाले जनाएको छ । १० दिनसम्म संचालन हुने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै आयोजकले दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ्र । अघिल्ला वर्षहरुमा १ लाख रहेको पुरस्कार यसवर्षबाट २ लाख पु¥याइएको छ । उपविजेताले भने नगद १ लाख पुरस्कार पाउने छन् । यसका साथै विजेता तथा उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र र प्रत्येक म्याचमा ‘म्यान अफ दि म्याच’ घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने थाहानगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछानेले जानकारी दिए ।

यसअघिका वर्षहरुमा संचालन भएका प्रतियोगिता २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण अवलोकन गरेका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं, धादिंङ, हेटौडा, चितवन, सिमरालगायतका क्षेत्रका टिमले भाग लिदै आइरहेको खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।

थाहा गोल्डकप फुटबलका माध्यमबाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रियस्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताले मद्दत मिल्ने समितिका सदस्य सचिव लामिछानेले बताए । उनलका अनुसार–‘थाहा गोल्डकपका कारण मकवानपुर जिल्लालाई खेलको माध्यमबाट परिचित गराउन समेत सहयोग पु¥याएको छ, आगामी दिनमा राष्ट्रिय स्तरको टिममा थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने वातावरण बनाउन सफल हुनेछ ।’

साविक वर्षमाहरु जस्तै यसवर्ष पनि प्रतियोगिताको अनलाइन प्रत्येक्ष प्रशारण गरिनेछ । प्रतियोगितामा पहिलो संस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोस्रो र तेस्रो संस्करणमा ३२/३२ टोलीको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी