मकवानपुर थाहा नगरस्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि आयोजक सुन्दरीदेवी माध्यमिक विद्यालय डाँडाबासले हात पारेको छ । प्रतियोगितामा स्वच्छन्द भैरब माध्यमिक विद्यालय चित्लाङलाई पछि पार्दै सुन्दरीदेवीले उपाधि चुमेको हो ।

प्रतियोगितामा विजयी भएसंगै आयोजक सुन्दरीदेवीले नगद तीस हजार, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै द्वितीय हुने स्वच्छन्द भैरव माविले नगद २० हजार, तृतीय हुने सरस्वती विद्या मन्दिर बज्रवाराहीले नगद १० हजार शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा जनकल्याण मावि सान्त्वना भएको छ । जनकल्याणले नगद ५ हजार पुरस्कार पाएको छ ।

खेलमा सुन्दरीदेवीका शिक्षक प्रकाश बहादुर चन्द उत्कृष्ट खेलाडी घोषित भए भने स्वच्छन्द भैरवका पिताम्बर घिमिरे उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर सुन्दरीदेवीकै प्रताप सिंह गोले घोषित भए । सुन्दरीदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनायक गोलेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो । विजयी तथा उपविजयी टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथी तथा विशिष्ट अतिथीहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा सुन्दरीदेवी माविको आयोजनामा भएको प्रतियोगितामा थाहा नगरपालिकाका १२ वटा विद्यालय सहभागी थिए । प्रतियोगिता तीनदिनसम्म संचालन भएको थियो ।

फोटोहरु सौजन्यः शिक्षक सुजिन्द्र गोले

 

पालिका प्रेस
थप जानकारी