हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको सफा हेटौंडा अभियानलाई निरन्तरता दिदै हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामा आफैँ १६ पुस विहान सडकमा देखिईन् ।

हातमा कुचो बोकेर त्रिदेव मार्गको सडक सफा गर्ने अभियानमा रहेकी उनिसँगै स्थानीय पनि थिए । उनिसहित महिला टोली सडक बढार्ने र फोहर संकलनको काममा थियो । उपमहानगरले सुरु गरेको अभियानलाई हरेक साता शनिबार कार्यान्वयनमा ल्याउन नगर प्रमुख लामा आफैँ खटिने गरेकी छिन् । यो अभियानमा उपमहानगरको वातावरण शाखाका कर्मचारीसहित टोल विकास संस्थाको उपस्थितिमा अभियान चल्दै आएको छ । नगर प्रमुख लामा आफै सडकमा फोहर टिप्ने र बढार्ने गर्दै गर्दा मर्निङवाकमा रहेकाहरु पनि साथ दिन बाध्य देखिन्थे ।

उपमहानगरपालिको अगुवाइमा हरेका शनिबार गरिने अभियान सफल र हेटौंडालाई सफा शहरका रुपमा विकास गर्न नगर प्रमुख लामाले अगुवाइ गर्दै आएकी छिन् । शनिबार हेटौंडा–४ को परिजातपथ र त्रिदेव मार्गमा टोल विकास संस्था, महिला उद्यमी र आमा समूहसहितको टोली हेटौंडा सफा बनाउन सडकमा उत्रिएको हो । अभियानलाई साझा बनाउनका लागि टुगेदर वी क्यानको नारा दिइएको छ ।

पालिका प्रेस
थप जानकारी