मकवानपुरको राक्सिराङ गाउँपालिका ९ का २ सय १ विपन्न चेपाङ परिवारलाई १७ पुसमा कम्बल वितरण गरिएको छ । जाडो मौसममा ओढ्नेको अभावमा चिसोमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत होस् भनी सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडौंले प्रति परिवार एउटा कम्बल सहयोग गरेको हो ।

सञ्जय साई बाबाको ३५ ओैं दिव्य अवतार महोत्सवको अवसरमा राक्सिराङ गाउँपालिकासँगको समन्वयमा अर्गनाइजेशनले विपन्न चेपाङलाई कम्बल सहयोग गरेको हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार वाल्पासहित अर्गनाइजेशनका केशव अधिकारी, सीताराम रिमाल, रिता अधिकारीलगायतले परिवारलाई कम्बल वितरण गरेका थिए ।

जाडोमा ओढ्ने कपडा नहुँदा कष्टकर जीवन बिताउन बाध्य विपन्न चेपाङ तथा तामाङ परिवारलाई विभिन्न संघसंस्थाको सहयोगमा कम्मल तथा न्यानो कपडा वितरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अर्गनाइजेशनको सहयोगले गाउँबासीले राहत पाएको भन्दै अध्यक्ष मल्लले धन्यवादसमेत ज्ञापन गरे ।

पालिका प्रेस
थप जानकारी