मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा पालिका स्तरीय महिला÷पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ बुद्धधर्म आधारभूत विद्यालय र पुरुष तर्फ भानु माध्यामिक विद्यालयले उपाधि हात पारेको छ । वडा नम्बर २ मा रहेको वंशगोपाल माध्यामिक विद्यालय(प्राविधिक शिक्षालय)को आयोजनामा भएको प्रतियोगितामा बुद्धधर्मले रुपनारायण माविलाई पराजित गर्दै उपाधि हात पारेको हो । त्यस्तै भानु माविले शारदा माविलाई सोझो सेटमै हराउँदै उपाधि हात पारेको हो । प्रतियोगितामा महिलातर्फ ज्वालादेवी आधारभूत विद्यालय र पूरुषतर्फ रुपनारायण मावि तेस्रो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयहुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक विद्यालय वंशगोपाल माविका प्रधानाध्यापक सन्देश तुम्सीङ मगरले सिधाखबरलाई बताए । प्रथम हुने दुबैटिमलाई नगद पुरस्कार हेटौंडा ६ का औषधि व्यवसायी राजु गुरुङले सौजन्य गरेका थिए भने तृतीय हुने दुबै टिमलाई जिल्ला भलिबल संघका वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद सन्जेलले सौजन्य गरेको प्रअ मगरले बताए ।

आइतबार भएको फाइनल खेल पश्चात विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मानकुमारी पाख्रीनको विशेष आतिथ्यतामा प्रतियोगिता भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रीन, वडा ५ का अध्यक्ष दिपेश दहाल, जिल्ला भलिबल संघका वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद सन्जेल, युवा समाजसेवी राजु गुरुङ लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी