मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको पहलमा एक बेवारिसे महिलालाई उद्धार गरी मानबसेवा आश्रम हेटौंडामा बुझाइएको छ ।

विगत ४ वर्षदेखि वडा नम्बर ३ को कार्यालय नजिकको पाटीमा बसी कष्टकर जीवनयापन गर्दै आएकी एक महिलाको उद्धार गरि मानवसेवा आश्रम हेटौंडामा १९ पुसमा बुझाइएको अध्यक्ष रायमाझीले बताए । अन्दाजी ६० बर्षिय महिलाको नाम, थर, परिवारजन केहि थाहा नभएको र कहाँबाट आएको भन्ने पनि थाहा नभएकोले इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा आश्रममा बुझाईएको हो ।

अध्यक्ष रायमाझीले उद्धार कार्यमा सहयोग गर्ने मानवसेवा आश्रम हेटौंडाका प्रकाश पौडेल, इलाका प्रहरी कार्यालय पालुङ, वडा सदस्य कबिता बिष्टलगायतलाई धन्यवाद दिएका छन् ।

पालिका प्रेस
थप जानकारी