जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको सहायक प्रजिअ परियारले जानकारी दिइन् । कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारणसहित स्पष्टिकरण दिन जिप्रकामा उपस्थित हुन निर्देशन दिइएको छ । नियमितरूपमा समयमै कार्यालय नआएको, सेवा प्रवाह प्रभावित गरेको, अभिलेख व्यवस्थापनमा समस्या आएको, कार्यालयमा काम नलाग्ने सामग्रीको लिलामी, कार्यालय सरसफाइलगायतका विषयमा अनुगमन गरिएको बताइएको छ ।

अनुगमनमा विभिन्न सेवामा सेवाग्राहीसँग लिने शुल्कमा एकरूपता नभएको, सेवाग्राहीलाई नगदी रसिद दिने व्यवस्था केहीमा नगरेको तथा बिचौलिया हावी रहेको पाइएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी