नगर विकास कोषको एक दिने कार्यशाला गोष्ठी समापन भएको छ। कोषले खानेपानी तथा सरसफाई आयोजनामा वीमाको आवश्यकता सम्बन्धि एलो प्यागोडा होटल, काठमाडौंमा गोष्ठीको आयोजना गरेको हो।

गोष्ठीमा वीमाको आधारभूत पक्ष, वीमाको आवश्यकता,नगर विकास कोषको ऋणको आवश्यकता , वीमाका निर्देशिका र नितीगत संरचना र जोखिम न्युनिकरणकाका विषयमा छलफल भएको छ।

कार्यक्रमको समापन गर्दै नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले खानेपानी उपभोक्ता समिति कसरी व्यवसायीक हुने भन्ने सोच्नुपर्ने बताए।

नगर विकास कोषले स्थानीय तह र खानेपानी उपभोक्ता संस्था सहकार्य गरेर अघि बढ्न जनप्रतिनिधिलाई समेत सचेत गराइरहेको उनको भनाई छ।
ऋण लगानीको लागि नगरपालिकालाई संलग्न गराउने र उपभोक्ता समितिको क्षमता विकास गर्ने भावी योजना रहेको उनले समापन समारोहमा बताएका छन्।

पालिका प्रेस
थप जानकारी