मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको महांकाल आधारभूत विद्यालय व्यवस्थापन समिति पुर्नगठन भएको छ । विद्यालयमा आयोजित विद्यालय व्यवस्थापन समिति पुर्नगठन तथा दोस्रो त्रैमासिक नतिजा प्रकाशन कार्यक्रमको अवसरमा अध्यक्षमा जित बहादुर गोले चयन भएका छन् ।

व्यवस्थापन समितिको सदस्यहरुमा सानु तामाङ, सरिता गोले, सानुमायाँ स्याङ्तान, सपना लामा, वडाध्यक्ष दिनेश बल, शिक्षक प्रतिनीधि राजु मोक्तान र सदस्य सचिवमा प्रधानाध्यापक सचिन कुमार बल चयन भएका छन् । कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण पनि भएको छ ।

सो अवसरमा विद्यालयका सस्थापक अध्यक्ष पुड्के गोलेलाई र २०७० पुस ५ गतेदेखि निरन्तर हालसम्म अध्यक्ष पदमा रही विद्यालय व्यवस्थापनमा योगदान दिनूहुने मान बहादुर मुक्तानलाई विद्यालयले सम्मान गरेको छ । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यता तथा थाहानगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लको विशेष आतिथ्यमा भएको कार्यक्रममा बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक बीरमान स्याङ्तान र नेपाल चेम्बर प्राविका प्रधानाध्यापक सुन्तली बल लगायतकाको आतिथ्यता रहेको थियो ।