सर्लाहीको हरिपुर नगरपालिकामा स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इश्वरपुर नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख पुष्करमणि घिमिरेले सहजिकरण गरेका थिए । साउथ एसीया पार्टनरशिप नेपालको आयोजना तथा हरिपुर नगरपालिकाको सहकार्यमा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप–नेपाल का कार्यक्रम संयोजक जनक कार्कीले बताए ।

अनुशिक्षण कार्यक्रममा स्थानिय सरकार, नगरपालिकाको निति,कार्यक्रम बजेट तथा योजना, विषयगत योजनाहरु र स्थानिय तहमा बजेट निर्माण प्रक्रियाको चरणहरुको सम्बन्धमा छलफल गरिएको थियो । प्रशिक्षणमा लैगिंक उत्तरदायी बजेट तर्जुमा र कार्यान्वयनमा लक्षित समुदायकोे पहुचमा पु¥याउन सरकारी निकायको भुमकिा र सामाजिक जवाफदेहिता बिषयमा समेत प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै हरिपुर नगरपालिका योजना शाखा प्रमुख रुपलाल देवकोटाले बस्ति तथा वडा स्तरबाट योजना आउनु पर्नेमा जनप्रतिनिधिहरुको खल्ती बाट योजनाहरु आउने गरेकोले योजना कार्यान्वय हुन नसकेको बताए । उनले अधिकांश उपभोक्ता समितिहरु नाम मात्रको हुने गरेकोले समयमा काम सम्पन्न हुन नसकेको बताए ।

मुसहर महिला सशक्तिकरण मन्च संजाल हरिपुरकी अध्यक्ष लक्ष्मी पासवानले स्थानिय निकायले माझी मुसहर लगायत दलितहरुलाई लक्षित गरेर विकास बजेट तथा योजनाहरु बनाउनु पर्ने बताइन् । हरिपुर नगरपालिकाको उपप्रमुख निलम देवी यादवले महिला सशक्तिकरण र आयआर्जनका कार्यक्रममा बिषेस ध्यान दिनु पर्ने बताइन् ।

कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले नगरपालिकाले सानो तिनो भौतिक निमार्णको योजना भन्दापनि संस्थागत संरचना विकासमा ध्यान दिनु पर्ने बताए । स्ंथाको अन्तररिक श्रोत पर्याप्त नभएको संघिय तथा प्रदेस सरकारले सिलिङमा तोके अनुसारको बजेट नदिएकोले ठुला विकासका योजना संचालन गर्न सम्भब नभएको उनले बताए । भुजेलले आगामी बर्ष नगरपालिकाले पन्च बर्षिय रणनैतिक कार्य योजना बनाएर कार्यान्वयन गर्ने जानकारी गराए ।

हरिपुर नगरपालिका प्रमुख गोपाल पजियारले मानिसको जिवन जन्म देखी मृत्युसम्म एउटा सिक्ने अवसर भएको बताउदै यो महत्वपुण प्रशिक्षण बाट स्थानिय सरकार संचालनका लागी अति आवश्यक बिषय बस्तुहरुको सिकाई भएको बताए । स्थानिय सरकारले पाच बर्षिय कार्यकालमा विकासका उदाहरणीय काम गर्ने बताउदै उनले कतिपय स्थानहरुमा ऐलानी जग्गा भूमाफियाले प्लटिङ नै गरेको भए पनि सरोकारवाला निकाय भने मौन रहेको पाएको सुनाए ।

उनले हरिपुर नगरपालिकामा मात्र १५ सय बिघाह ऐलानी जमिन भएको र उक्त जमिनको संरक्षण गरि बृक्षरोपन गरेर उद्यानहरु र बगैचाहरु बनाएर आयआर्जन गर्न सकिने बताए । उनले स्थानिय स्तरमा रोजगारीको अवसर सृजना गरेर आय आर्जन गरी आर्थिक सम्वृद्धि ल्याउनु पर्ने बताए ।

अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा सर्लाहीका बरथहवा, हरिपुर, बस्बरीया र चन्द्रनगर गाँउपालिमा ३२ वटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरी मुसहर महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दै आएको र सोही अवसरमा सरकारी निकायलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरेको साप नेपालका कार्यक्रम संयोजक कार्कीले बताए ।

हरिपुरको कार्यक्रममा नगरपालिकाका बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल राष्ट्रिय मुसहर संघका प्रमुख, मुसहर महिला सशक्तिकरण मन्च सन्जालकी अध्यक्ष, स्थानिय संचार कर्मी लगाएत ३० जनाको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी